लामो आयु बाँच्न चाहनुहुन्छ ? जापानीवाट सिकौ

लामो आयु बाँच्न चाहनुहुन्छ ? जापानीवाट सिकौ


जापानीज् विश्वमै लामो आयु बाँच्नेमा पर्छन् । उनीहरुको औसत आयु ८० बर्ष रहेको छ । जबकी उनीहरु १ सय बर्षभन्दा बढी पनि बाँचरिहेका हुन्छन् । नेपालीले भन्दा दोब्बर बढी आयु उनीहरुले पाएका छन् ।

लामो आयु बाँच्ने चाहना सबैलाई हुन्छ । अझ लामो समयसम्म निरोगी हुन पाइयोस् भन्ने पनि लाग्छ । यदि तपाईपनि त्यस्तै सोच्नुहुन्छ भने जापानीवाट केहि कुरा सिक्नुहोस् । उनीहरु कसरी लामो आयु बाँच्छन् या त त्यसको रहस्या के होला ?

शारीरिक कसरत
जापानीले सानैदेखि योग, मार्शल आर्टको कक्षा लिनैपर्छ । बच्चा उमेरदेखि उनीहरु कसरत गर्छन् । यसले उनीहरुको शरीर फूर्तिलो र तन्दुरुस्त हुन्छ । उनीहरु पाको उमेरमा समेत व्यायाम गर्न छु्टाउँदैनन् ।

खुलेर हाँस्ने
जापानीज् स्वस्थ्य र लामो आयुको हुनुमा उनीहरुको हाँस्ने बानीलाई पनि लिइन्छ । जापानी खुलेर हाँस्छन् । खुलेर हाँस्दा स्वास्थ्यमा फाइदा गर्छ । अध्ययनहरुबाट के तथ्य बाहिर आएको छ भने, उन्मुक्त भएर हाँस्दा ८ बर्ष भन्दा बढी थप उमेर बढ्छ ।

मासु होइन, माछा खाने
जापानीज् रातो मासु सेवन सकेसम्म गर्दैनन् । बरु, माछा सेवन गर्छन् । यसले गर्दा उनीहरुको शरीरमा पोषणको कमी हुन पाउँदैन । माछाबाट उनीहरु भिटामिन, तेल र न्युट्रिएन्ट्सको लेभल बढ्छ । यसले गर्दा मुटुको रोग पनि लाग्दैन ।

खुसी रहनुपर्छ
उनीहरु खराब अवस्थामा पनि खुसी रहन जानेका हुन्छन् । उनीहरु अर्काको लडाई, झगडा वा बेकारको कुरामा चिन्ता लिदैनन् । शान्तिपूर्ण जीवन विताउने प्रयास गर्छन् । सामाजिक सेवामा अग्रसर हुन्छन् । यसले उनीहरुलाई सधै सकारात्मक रहन मद्दत गर्छ । सकारात्मक सोंच, चिन्तनले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने नै भयो ।

जडीबुटीको सेवन
जापानीज् सकेसम्म एलोप्याथिक औषधी सेवन गर्दैनन् । उनीहरु जडीबुटी वा प्राकृतिक उपचारमै बढी विश्वास गर्छन् । र, त्यस्तै विधी अपनाउँछन् ।

आवश्यक अनुसार मात्र खाने
जापानीज्ले आफुलाई भोक लागेको भन्दा पनि कम खानेकुरा सेवन गर्छन् । अध्ययनबाट प्रमाणित भएको छ कि, भोक लागेको भन्दा कम खाना खादाँ उसको उमेर क्रमश: बढ्दै जान्छ ।

हरियो सब्जीको सेवनमा जोड
जापानीज्को प्लेटमा आधा खाद्या पदार्थ छ भने आधा हरियो सब्जी हुन्छ । त्यसबाहेक उनीहरु विभिन्न प्रकारका दाल सेवन गर्छन् । उनीहरु मिक्स भेज खान रुचाउँछन् । यसमा एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्स पाइन्छ, जसले गर्दा क्यान्सर, मुटुको रोग आदि हुँदैन ।

लामो समय सक्रिय
जापानमा अवकास हुनका लागि कुनै उमेर छैन । ६० बर्षपछि पनि उनीहरु काम गर्न रुचाउँछन् । उनीहरु घरमा बस्न र धेरै सुत्न रुचाउँदैनन् । कुनै न कुनै काममा आफुलाई व्यस्त राख्छन् ।

तारेको होइन, उसिनेको खानेकुुरा
जापानीज्को परिकार तारेको भन्दा बढी उसिनेको हुन्छ । वा बाफमा पकाइएको हुन्छ । धेरै तेल र नुनको प्रयोग नगरेकाले उनीहरु स्वस्थ्य हुन्छन् । जापानीज् आफ्नो भोजनमा तेल र मसलाको प्रयोग कम गर्छन् । एजेन्सी

Logo