किन भाइरल भयो विकिनी गर्लको फोटो ?

किन भाइरल भयो विकिनी गर्लको फोटो ?


मुम्बाई, २२ पुस । मराठी अभिनेत्री सई ताम्हणकरको एक फोटो अहिले सोसल मिडियामा भाइरल भैरहेको छ । यसमा उनी एकदमै हट देखिएकि छिन् । उनको हाउभाउ भुताहा शैलीको छ । सईको यो फोटो उनको आगामी फिल्म राक्षसभन्दा पहिला आएको छ । त्यसैले यसलाई पब्लिसिटी स्टन्ट बताइएको छ ।

यहि फोटोको साथमा उनले नयाँ बर्षको शुभकामना पनि दिएकी छिन् । उनी मराठी फिल्मको पहिलो विकिनी गर्ल हुन् । उनी केहि समयअघि वोल्ड फोटोसूटका कारण चर्चामा आएकी थिइन् ।

उनी बेलाबखत विवादमा पनि आउने गरेकी छिन् । यी हट गर्लले एक पार्टीमा मदिरा पिएर हंगामा मच्याएकी थिइन् । अहिले भुताहा पोजको फोटोले पनि हलचल पैदा गरेको छ । यो फोटोमा लाइक्स र कमेन्ट त आएको छ नै नकारात्मक टिप्पणी पनि उत्तिकै आएको छ ।

उनले दुई दर्जन मराठी फिल्म खेलेकी छिन् । उनले आमिर खानको गजनी र सुभाष घईको फिल्म ब्ल्याक एन्ड ह्वाइटमा पनि अभिनय गरेकी छिन् । विकिनी गर्लको रुपमा चर्चित उनी मराठी फिल्ममा पहिलो पटक बिकिनी लगाउने अभिनेत्री मानिन्छिन् । एजेन्सी

 

Skip This
Logo