काठमाडौं उपत्यका आज १ हजार ५१२ जना संक्रमित थपिए

काठमाडौं उपत्यका आज १ हजार ५१२ जना संक्रमित थपिए


काठमाडौं ।
काठमाडौं उपत्यका आज १ हजार ५१२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १४१ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ७० हजार ७७३ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार ४३० जना कोरोना संक्रमित छन् । ललितपुरमा ९ हजार ९९१ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ८७ हजार १९४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । आज २ हजार ७५३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार २०६ छ ।

आजको पिसिआर परीक्षण १० हजार ४२३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख २७ हजार ७६६ रहेको छ । आज ३५ हजार ४३५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo