‘हाम्रो जुत्ताको प्रतिस्पर्धा कसैसँग छैन’

‘हाम्रो जुत्ताको प्रतिस्पर्धा कसैसँग छैन’


‘प्यारागन’ जुत्ता बजारमा चर्चित नाम हो । भारतीय जुत्ता बजारमा एकाधिकार कायम गर्न सफल यो ब्राण्ड दीर्घकालीन सोच र सचेतपूर्ण बनाएका योजनाले भारत मात्र नभएर पूरा विश्वमा नै प्यारागन परिचित छ ।

यो जुत्ताको उत्पादन सन् १९७५ मा सुरुगर्दा जम्मा १५०० प्रति दैनिक उत्पादन हुन्थ्यो भने अहिले बढेर वार्षिक १४ करोड प्रति उत्पादन हुने गर्छ । भारतमा सबैभन्दा ठूलो जुत्ता कम्पनीमा समेत प्यारागन स्थापित भइसको छ ।

पछिल्लो समयमा नेपाली बजारमा प्यारागन जुत्ता कम्पनीले आफ्नो व्यापार सुरुवात गरेको छ । यसका लागि नेपालका आधिकारीक बिक्रेता प्रिन्सा इम्पेक्स रहेको छ ।

प्रस्तुत छ, सबै वर्ग र समुदायका मानिसलाई लक्षित गरी नेपाली बजारमा भित्रिएको यस जुत्ता बिक्रेता कम्पनीका प्रबन्धक निर्देशक महेन्द्र हिरावतीसँग केन्द्रबिन्दुका संवाददाताले गरेको कुराकानीको सम्पादीत अंश ।

नेपाली मार्केटमा आएको प्यारागन कस्तो जुत्ता हो ?

– भारतमा विगत ४० वर्ष अघि सुरु भएको ‘प्यारागन’ सबै प्रकारको जुत्ताको ब्राण्ड हो । भारतको एक नम्बरमा रहेको यो कम्पनीले क्याजुअल, स्पोर्टश लगायत बच्चादेखि वृद्धसम्मका लागि उपयुक्त हुने जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले सबै वर्गका मानिसलाई लक्षित गरी जुत्ता उत्पादन गर्ने गर्छ ।

नेपाली ब्राण्डका जुत्ता चर्चामा आइरह“दा तपाईहरुले किन विदेशी ब्राण्डका जुत्ता बजारमा ल्याउनु भयो ?

– हामीले बजारमा ल्याएको प्यारागन जुत्ता पनि नेपाली ब्राण्डका जुत्ता जस्तै चर्चित बनाउने प्रयास हो । यसका लागि नीति र त्यसको मूल्यमा भर पर्छ । जुन हामीले ल्याएको प्यारागन जुत्तामार्फत सबैसामू पुर्याउने छौं ।

नेपाली ब्राण्ड र प्यारागनमा के फरक रहेको छ ?

– प्यारागन जुत्ताको ब्राण्ड आफैमा फरक छ । यो ब्राण्डले सबै नम्मरका मानिसलाई लक्षित गरेको छ । नेपाली बजार मूल्यमा पनि गुणस्तरीय जुत्ता ल्याएका छौं । सबै सामानको आफ्नै प्रकारको पहिचान हुन्छ । त्यसरीनै प्यारागन जुत्ता पनि अरुभन्दा फरक रहेको छ ।

नेपाली बजारमा यस ब्राण्डका जुत्ताको व्यापार कस्तो छ ?

– पहिलो त नेपाली ग्राहकले इन्डियन ब्राण्डका बारेमा राम्ररी थाहा पाएका छन् । हामीले जुत्ताको मूल्य पनि नेपाली ग्राहकलाई सुहाउ“दो राखेका छौं । यो ब्राण्डका जुत्ता नेपाली समुदायलाई उचित रहेकाले पनि यसको बजार राम्रो रहेको छ ।

नेपाली ब्राण्डका जुत्तास“ग कस्तो प्रतिस्पर्धा रहेको छ ?

नेपाली जुत्ताका ब्राण्डस“ग हाम्रो प्रतिस्पर्धा छैन भन्दा पनि हुन्छ । जुत्ताको गुणस्तर र सुपथ मूल्य भयो भने सबैमा लोकप्रिय हुन्छ । त्यही नै हाम्रा लागि खुसीको कुरा हो ।

यो ब्राण्डको लक्षित समुदाय नेपालभरि हो की काठमाडौं भ्यालीभित्र मात्र हो ?

– होइन, अहिले काठमाडौंमा हामीले ४ वटा स्वरुम खोलेका छौं । २ वटा स्वरुम चाडै नै खुल्दैछ । अब विस्तारै काठमाडौंबाहिर पनि स्वरुम खोल्ने तयारीमा छौं ।

नेपाली ग्राहकबाट कस्तो प्रतिकृया पाइरहनु भएको छ ?

– हामीले २ महिना भयो नेपाली बजारमा आफ्नो ब्राण्डको उपस्थिती जनाएको । ‘एकै छानामा सबै प्रकारका जुत्ता पाएका छौं’ भन्ने प्रतिकृया आइरहेको छ । जति ग्राहक आउनु भएको छ खुसी हुनुभएको छ । यो नै हाम्रो ब्यापारको शुभ लक्षण हो ।

Logo