बुधबार वर्षकै सबैभन्दा बढि चिसो, काठमाडौंको तापक्रम २.२ डिग्री सेल्सियस

बुधबार वर्षकै सबैभन्दा बढि चिसो, काठमाडौंको तापक्रम २.२ डिग्री सेल्सियस


काठमाडौँ, १९ पुस । काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा आज बिहान ६ः३० बजे मापन गरिएको तापक्रम २.२ डिग्री छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा बुधबार अधिकतम तापक्रम १८.५ डिग्रीय सेल्सियस हुने अनुमान छ।

सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ६ डिग्री मापन गरिएको छ। जुम्लापछि सबैभन्दा बढी चिसो दिपायलमा हुने देखिएको छ। महाशाखाले जहाँको तापक्रम १.४ डिग्री मापन गरेको छ।

चिसोका कारण तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ। शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। बृद्धबृद्धा तथा बालवालिका चिसोबाट बढी प्रभावित भएका छन्। चिसोसँगैको बाक्लो हुस्सुका कारण कतिपय स्थानमा भिजिवीलिटी कम हुँदा हवाइ उडान समेत प्रभावित भएका छन्।

महासाखाले यो सिजनकै सबैभन्दा बढि चिसो मौषम आज रहेको छ ।

Logo