काठमाडौं,१५, पुस
राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रदेशसभाका सांसदहरुको सूचि निर्वाचन आयोगमा बुझाएका छन् । राजनीतिक दलहरुले शुक्रबार साँझ सम्म तोकिएको समय भित्रै समानुपातिकतर्फ प्रदेशसभाका आफ्ना सांसदहरुको नामावली निर्वाचन आयोगलाई बुझाएका हुन् । "/>

सांसदको सूचि दलहरुले आयोगमा बुझाए

सांसदको सूचि दलहरुले आयोगमा बुझाए


काठमाडौं,१५, पुस
राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रदेशसभाका सांसदहरुको सूचि निर्वाचन आयोगमा बुझाएका छन् । राजनीतिक दलहरुले शुक्रबार साँझ सम्म तोकिएको समय भित्रै समानुपातिकतर्फ प्रदेशसभाका आफ्ना सांसदहरुको नामावली निर्वाचन आयोगलाई बुझाएका हुन् । निर्वाचन आयोगका सहसचिव दिनेशकुमार घिमिरेले दलहरुले बुझाएको प्रदेशसभा समानुपातिक तर्फका सांसदहरुको नामावली प्राप्त भएको र भोलि नै नामावली कानुन सम्मत भए, नभएको छानवीन गरी कानुन सम्मत नभए सच्याउन तीन दिनको समय दिने जानकारी दिए ।

संवैधानिक व्यवस्था अनुसार महिला, जनजाति, दलित लगायतका क्लष्टर बमोजिम नामावली नआए दलहरुलाई सच्याउन ३ दिनको समय दिनु पर्ने हुन्छ । निर्वाचन आयोगले ४ दिन भित्र प्रदेश सभा समानुपातिक तर्फका सांसदहरु औपचारिक रुपमै विजयी भएको घोषणा हुने स्पष्ट पारे ।

निर्वाचन आयोगले त्यसपछि प्रतिनिधिसभा समानुपातिक तर्फका सांसदहरुको सिट संख्या निर्धारण प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ । राजनीतिक दलहरुले आफ्नो दलले पाएको मतको आधारमा समानुपातिकतर्फको सांसद संख्या पाउने कानुनी व्यवस्था छ ।
नेपाल समाचारपत्रबाट

Logo