अपाङ्गमैत्री संरचना माग्दै ह्विलचियर प्रयोगकर्ता सडकमा

अपाङ्गमैत्री संरचना माग्दै ह्विलचियर प्रयोगकर्ता सडकमा


काठमाडौँ, १४ पुस । ह्विलचियर प्रयोगकर्ताले काठमाडौँका सडक अपांगतामैत्री हुनुपर्ने माग गरेका छन् । 

‘सबैका लागि पँहुचयुक्त संरचना’ भन्ने नारा बोकी आज राजधानीमा ह्विलचियर ¥याली निकालिएको छ । करुणा फाउण्डेशन नेपाल र सडक सुरक्षा नेपालको संयुक्त सहकार्यमा प्रज्ञा प्रतिष्ठानबाट शुरु भएको ¥याली नक्सालस्थित नारायण चौरमा पुगी सभामा परिणत भएको थियो । 

सो अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले पल्छिलो १५ वर्षमा नेपालमा अपांगता भएका व्यक्तिका लागि सकारात्मक काम भएको बताउँदै “अपांगता भएका व्यक्तिको हकमा केही नभएको भन्ने होइन, राम्रा काम पनि भएका छन्, हामीले निकै राम्रा नीति नियम बनायाँै तर आफ्नो सोचलाई परिवर्तन गर्न नसेका कारण त्यसको कार्यान्वयनमा चुनौती थपियो त्यसैले अब सोच बदल्ने समय आएको छ,” भने । 

करुणा फाउण्डेसन नेपालका कार्यक्रम संयोजक अमृता ज्ञवालीले अझै पनि अधिकांश सरकारी भौतिक संरचना अपांतामैत्री हुन नसकेको उल्लेख गर्दै सरकारी कार्यालयदेखि सार्वजनिक सडक पनि ह्विलचियरमैत्री नभएकाले यातायातमा समस्या हुने गरेको गुनासो गरे  । 

स्पाइनल कर्ड इन्जुरी स्र्पोट्स एशोसिएसनका अध्यक्ष गायत्री दाहालले देशमा राजनीतिक रुपमा सकारात्मक परिवर्तन भइरहेको अवस्थामा अपांगताका क्षेत्रमा पनि सुधार हुने विश्वास व्यक्त गर्दै “प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहजस्ता सार्वजनिक कार्यक्रम हुने ठाउँमा पनि अपांगमैत्री शौचालय नहुँदा उनीहरुले समस्या भोग्नु परेको छ,” भने । 

स्वालम्बन प्रद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले सविधानले राजनीतिमा अपांगता भएका व्यक्तिको उपस्थिति अनिवार्य गरेको भए पनि भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एक जना अपांगता भएको व्यक्ति नपर्नुले राजनीतिक दल अझै अपांगता भएका व्यक्तिप्रति गम्भीर नदेखिएको बताए । रासस

Logo