जाजरकोट, १३, पुस
दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबार देखि शुरु भएको हो । "/>

जाजरकोट महोत्सव हिजोबाट शुरुः ५ दिन सम्म चल्ने

जाजरकोट महोत्सव हिजोबाट शुरुः ५ दिन सम्म चल्ने


जाजरकोट, १३, पुस
दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबार देखि शुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव सञ्चालन भइरहेको छ । ६ दिन विद्यालय समेत बन्द गरी महोत्सव शुरु भएको छ ।

‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगीकरण हाम्रो अभियानः आत्मनिर्भर, स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण’ भन्ने नाराका साथ पाँच दिन सम्म महोत्सव सञ्चालन हुने भएको छ । महोत्सवका साथै कृषि पर्यटन तथा व्यापार मेलाका माध्यमबाट स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जाजरकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवको आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने झाँकी, स्थानीय बाजागाजा तथा लोकनृत्य रहनेछन् । मेलामा जिल्लामा पाइने बहुमूल्य पत्थर, जडीबुटी, फलफूल, सरु तथा छेडागाडका माछा, सुन्तला, मह, घ्यू, बारेकोटी गाभा, राडीपाखी लगायत घरेलु उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सवमा प्रतियोगितात्मक कृषि प्रदर्शनी पनि राखिएको उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए ।
रासस

Logo