१२ पास बिराट कोहलीकी श्रीमतीले कति पढेकी छिन् ?

१२ पास बिराट कोहलीकी श्रीमतीले कति पढेकी छिन् ?


मुम्बाई, ११ पुस ।

भारतिय क्रिकेट टिमका कप्तान बिराट कोहली र अनुष्का शर्मा विच भएको विवाहको चर्चा अझै सेलाएको छैन । उनीहरुले विभिन्न चरणमा गरेर आफ्नो विवाहको रिसेप्सन दिदैं गैरहेका छन् । यसैविच उनीहरुले हालै बलिउडका सेलिब्रेटीहरुलाई अलग्गै रिप्सेसन दिएका छन् ।

यसैविच बिराट भन्दा अनुष्काले धेरै पढेको चर्चा भारतिय संचार माध्यमले एक पटक उठाएका छन् । उनीहरुका अनुसार बिराट कोहलीले १२ कक्षा मात्र उत्तिर्ण गरेका छन् । बिशाल भारती पब्लिक स्कुलवाट १२ कक्षा उत्तिर्ण गरेको लगत्तै उनी दिल्ली क्रिकेट एकेडमीमा क्रिकेट सिक्न भर्ना भए । बिराटलाई पढाउने साईन्स र म्याथका शिक्षकहरु उनलाई तेज दिमाग भएको छात्र मान्छन् ।

टाईम्स अफ ईण्डियाको अनुसार बिराटसंग विवाह बन्धनमा बाँधिएकी बलिउडकी अभिनेत्री अनुष्का शर्मा आर्टस् बिषयमा ब्याचलर डिग्रि गर्नुका साथै इकोनोमिकमा मास्टर गरेकी छिन् । एक अन्तवार्तामा अनुष्काले आफु स्कुल र कलेजमा टपर रहने गरेको बताईन् । आफुलाई मोडलिंगमा आउनु पर्ने र समय ब्यवस्थापन गर्न नसकेको कारण पढाईलाई अझ अगाडी लैजान नसकेको उनले बताईन् । एजेन्सी

Logo