विश्वभर क्रिसमस पर्व मनाइँदै

विश्वभर क्रिसमस पर्व मनाइँदै


वासिङटन : इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसरमा आज विश्वभर इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाउँदै छ । 

पर्व मनाउने क्रममा विशेषगरी मुस्लिम देशमा इस्लामिक अतिवादीहरुले गर्नसक्ने हिंसालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले जनाएका छन् । 

क्रिस्मस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु, होटल रेस्टुरेन्ट, सपिङ मलहरुमा निगरानी गर्ने गरी सुरक्षा बढाइएको छ । 

अमेरिकाका पनि विभिन्न स्थानमा क्रिस्मसको पूर्व सन्ध्यामा आयोजित क्रिस्मसका भोज एवम् सांस्कृतिक कार्यक्रमहरुमा बन्दुक हमला हुने त्रासले कडा सुरक्षा व्यवस्था अपनाइएको छ । 

सन् २०१६ को क्रिस्मस समारोहमा भएको बन्दुक हमलामा परी ११ जना ज्यान गएको थियो । साथै ५९ जना घाइते भएका थिए । 

यस पटक भने समारोहलाई लक्ष्यगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुको भनाई छ । इस्लामिक स्टेट एवम् अन्य अतिवादीहरुका कारण हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गरेर यो व्यवस्था गरिएको हो । एजेन्सी

Skip This
Logo