सेना र प्रहरीमा भर्ना गर्ने प्रलोभन देखाएर ठगी गर्दै आएका रौतहटका कमल दार्चुलाबाट पक्राउ

सेना र प्रहरीमा भर्ना गर्ने प्रलोभन देखाएर ठगी गर्दै आएका रौतहटका कमल दार्चुलाबाट पक्राउ


दार्चुला ।

दार्चुला प्रहरीले रौतहटका कमल पोख्रेललाई पक्राउ गरेको छ । नेपाली सेना र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पोखरेललाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको हो ।

रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–८ का ३७ वर्षीय कमल पोख्रेलले दार्चुलाका विभिन्न व्यक्तिहरुलाई सेना—प्रहरीमा जागिर लगाइदिन्छु ठगी गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा पोखरेलले रकम उठाएर ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

पोख्रेलले ०७३ साउन महिनामा आधा दर्जन व्यक्तिलाई सेना र प्रहरी जागिर लगाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

Logo