काठमाडौं,१०,पुस
कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४,७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो। "/>

खाद्यवस्तुहरुमा महँगी बढ्यो :राष्ट्र बैंक

खाद्यवस्तुहरुमा महँगी बढ्यो :राष्ट्र बैंक


काठमाडौं,१०,पुस
कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४,७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो। असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो। २०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो। दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्यवृद्धि मध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो।

त्यतिबेला भूकम्प र यसपछिको परकम्पनका कारण देशको आर्थिक अवस्था डामाडोल थियो। त्यसपछि भारतीय नाकाबन्दीका कारण देशभित्र वस्तुको मूल्य बढेर छोइनसक्नु भएको थियो। गत वर्षसम्म भूकम्प र नाकाबन्दीको असर रहे पनि विस्तारै बजार मूल्य भने सहज बन्दै गयो। अहिले गेडागुडी तथा मसलाको मूल्य सबैभन्दा बढीले घटेको छ । यस अवधिमा गेडागुडीको मूल्यमा २४.१ र मसलाको मूल्यमा साढे पाँच प्रतिशतले कमी आएको छ । तर तरकारीको मूल्यमा भने नौ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ।
अन्नपूर्णबाट

 

Skip This
Logo