काठमाडौं,९,पुस
हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत प्राधिकरणलाई विद्युत कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । "/>

बिजुली कम भएपछि भार व्यवस्थापनमा समस्या

बिजुली कम भएपछि भार व्यवस्थापनमा समस्या


काठमाडौं,९,पुस
हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत प्राधिकरणलाई विद्युत कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ । गत वर्ष देखि देशव्यापी रुपमा नै विद्युतभार कटौतीमुक्त गरिएको छ । तर त्यसलाई निरन्तरता दिन दैनिक जसो नै प्राधिकरणको उच्च नेतृत्वले पापड पेलिरहेको छ ।

प्राधिकरणका अनुसार हाल दैनिक विद्युत् माग १ हजार ३८५ मेगावाटको हाराहारीमा छ । केन्द्रीय प्रसारण लाइनमा करिब तीन सय मेगावाट विद्युत अपुग हुँदै आएको छ । आन्तरिक रुपमा प्राधिकरणको करिब ३८०, निजी प्रवद्र्धकको २८० र भारतबाट ३७० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ ।

प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घण्टा विद्युत् कटौती गर्दै आएको छ । हाल नेपालको उत्पादित विद्युत् जडित क्षमता १ हजार १० मेगावाट रहेको छ । तर हिउँदको समयमा कूल जडित क्षमताको करिब ५० प्रतिशतको हाराहारीमा मात्रै विद्युत उत्पादन हुने गरेको छ । माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा विद्युत व्यवस्थापनका लागि समस्या पर्दै आएको बताइएको छ ।
राजधानीबाट

Logo