राँची,९,पुस

भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई भारतको सीबीआइको विशेष अदालतले दोषी ठहर गरेपछि उनी जेल चलान भएका छन् । "/>

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान


राँची,९,पुस

भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई भारतको सीबीआइको विशेष अदालतले दोषी ठहर गरेपछि उनी जेल चलान भएका छन् । विशेष अदालतले सन् १९९१ देखि ९४ को बीचमा देवघर राज्यकोषको ८९ लाख २७ हजार भारतीय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो।

पशुपक्षीको दाना (चारा) खरिदमा यादवले भ्रष्टाचार गरेको आरोप लागेको थियो । यो काण्डमा यादव सहित १६ जना दोषी देखिएका छन् । अदालतमा मुद्दा परेपछि यादवले बिहारको मुख्यमन्त्री र अर्थमन्त्री हुँदाका आफ्ना सबै फाइल कब्जामा राखेका थिए । यो मुद्दामा बिहारकै पूर्व मुख्यमन्त्री जगनाथ मिश्र सहित १९ जना मुछिएका थिए । अदालतले पूर्व मुख्यमन्त्री मिश्र सहित केही व्यक्तिलाई सफाइ दिएको छ। बिहारका पूर्वमन्त्री विद्यासागर निषाद एवं पीएसीका तत्कालीन अध्यक्ष ध्रुव भगत, हार्दिकचन्द्र चौधरी, सरस्वती चन्द्र एवं साधना सिंहले पनि सफाइ पाएका छन् । दोषी ठहरिएका सोह्रै जनालाई बिरसा मुण्डा जेलमा राखिएको छ।
एजेन्सी

Logo