कसरी भइन् प्रियंका नम्बर १ (भिडियो सहित)

कसरी भइन् प्रियंका नम्बर १ (भिडियो सहित)


काठमाडाैं, ४ पुस ।

को हुन् नेपाली चलचित्रकी ‘ड्रिम गर्ल’ ? को हुन् नेपाली चलचित्रकी नम्बर एक नायिका ? चलचित्रप्रेमी, चलचित्रकर्मी वा चलचित्र समीक्षकले यस प्रश्नको जवाफ दिन सक्लान् ?

चलचित्र क्षेत्रमा नम्बर एक अभिनेत्री हुन्छन् नै । फेरि, नम्बर एक अभिनेत्रीको पगरी घुम्ने कुर्सी जस्तै पनि हुन्छ । पुरानालाई नयाँले विस्थापित गर्नु र ग्यालमरसका क्षेत्रको अन्तिम सत्य पनि हो ।

त्यसो भए नेपाली चलचित्र क्षेत्रको वर्तमान समयमा को हुन् त नम्बर एक अभिनेत्री ? को हो त सबैको रोजाइकी सुन्दरी ? कुन अभिनेत्रीलाई लिएर फिल्म गर्ने सपना देख्छन् त फिल्मकर्मी ? अर्थात को हुन् नेपाली चलचित्रकी ‘ड्रिम गर्ल’ ?

सोझो अर्थमा भन्ने हो भने निर्माता तथा निर्देशकको पहिलो रोजाई, धेरै पारिश्रमिक लिने, दर्शकले रुचाइएको, अभिनय गरेको फिल्म हीट भएपछि कलाकारहरु नम्बर १ मा पर्छन् । फिल्मको क्षेत्रमा यी सीमामा कसी लगाउादा अभिनेत्री प्रियंका कार्कीलाई काउनडाउनको पहिलो नम्बरमा राख्न सकिन्छ ?

कुनैबेला निरुता सिंह, जल शाह, विपना थापा, रेखा थापा जस्ता अभिनेत्रीहरु बसिसकेको नम्बर एकको कुर्सीमा आजका मितिमा प्रियंका कार्की बस्न सफल छिन् । आम फिल्मकर्मी, दर्शक र समीक्षकहरुको मत पनि यही नै हो ।

हेर्नुस भिडियाे

 

Logo