इपिएल : पोखरा राइनोजद्वारा चितवन टाइगर्स १० विकेटले पराजित

इपिएल : पोखरा राइनोजद्वारा चितवन टाइगर्स १० विकेटले पराजित


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ पुस ।

राजधानीको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा मंगलबार पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । चितवनलाई १० विकेटले पराजित गर्दै पोखराले प्रतियोगितामा आफ्नो पहिलो जित पनि दर्ज गरेको हो ।

पोखराको जितमा पाकिस्तानी खेलाडी इस्रारुल्लाहले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ६ छक्का र एक चौका हाने । सुनिल धमलाले अविजित ४६ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको पोखराले १७.२ ओभरमा कुनै पनि विकेटको क्षतिबिनै लक्ष्य हासिल गर्यो । चितवनका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ तथा अनिल मण्डलले ३२ रन बनाएका थिए ।

बलिङतर्फ पोखराका लागि इस्रारुल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए भने कप्तान शक्ति गौचन र विक्रम सोबले एकरएक विकेट लिएका थिए ।

Logo