काठमाडौं,४,पुस
चार दशक देखि सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयहरू अगामी चैत महिना देखि खारेजी हुने भएका छन् । देश संघीय संरचनामा गए लगत्तै हालै कार्यान्वयनमा आएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयका संरचनाहरू सबै जिल्लाबाट खारेज हुने भएको हो । "/>

आगामी चैत्र देखि सबै जिल्ला शिक्षा कार्यालय खारेज हुने

आगामी चैत्र देखि सबै जिल्ला शिक्षा कार्यालय खारेज हुने


काठमाडौं,४,पुस
चार दशक देखि सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयहरू अगामी चैत महिना देखि खारेजी हुने भएका छन् । देश संघीय संरचनामा गए लगत्तै हालै कार्यान्वयनमा आएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयका संरचनाहरू सबै जिल्लाबाट खारेज हुने भएको हो । स्थानीय सरकार संचालन ऐन ०७४ ऐन जारी भएको ६ महिना भित्र विषयगत कार्यालयहरू खारेज हुने व्यवस्था अनुसार जिल्लाका शिक्षा कार्यलयहरू खारेजीमा परेका हुन् । काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले ऐनले जिल्ला शिक्षा कार्यालयलाई अगामी चैत देखि खारेजी गर्ने व्यवस्था गरेकाले अब शिक्षाका सबै काम कारबाही कार्यान्वयनको जिम्मेवारी स्थानीय सरकारले बहन गर्ने निर्णय गरेको जनाए ।
चार दशक देखि कक्षा ८ को परीक्षा जिल्ला शिक्षा कार्यालयले लिँदै आएकोमा चालू शैक्षिक वर्षको चैतमा हुने सो परीक्षा स्थानीय सरकार मातहतमा सञ्चालन गर्ने निर्णय भइसकेको अर्यालले जनाए । काठमाडौं महानगरले आधारभूत परीक्षा सञ्चालन समीति गठन गरी कक्षा ८ को परीक्षा सञ्चालनको निर्णय गरेको हो ।
नागरिकबाट

Skip This
Logo