मनाङ,४,पुस

हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका ६ वटा विद्यालय विद्यार्थी विहीन बनेका छन् । "/>

स्कूल भरिमा चार जना विद्यार्थी छन् , ती पनि नियमित आउँदैनन् !

स्कूल भरिमा चार जना विद्यार्थी छन् , ती पनि नियमित आउँदैनन् !


मनाङ,४,पुस

हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका ६ वटा विद्यालय विद्यार्थी विहीन बनेका छन् । तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थी विहीन बनेका छन् ।

स्थानीय बालबालिकालाई काठमाडौँ, पोखरा लगायतका शहरमा लिएर जाने प्रचलन बढ्दो छ । अहिले गाउँघरमा काम गर्ने मजदुरका बालबालिका मात्र रहेका र उनीहरुबाट मात्रै विद्यालय धान्न मुस्किल भएको तिलिचो आधारभूतका प्रधानाध्यापक यम प्रसाद तिमल्सिनाले बताए । गत शैक्षिकसत्र सम्ममा २६ जना विद्यार्थी रहेको यस विद्यालयमा चालु शैक्षिक सत्रमा जम्मा चार जना विद्यार्थी छन् । भएका विद्यार्थी पनि स्थानीय नभएका र तिनीहरु पनि कामको खोजीमा आमा बाबु अन्यत्र जाने भएका कारण आगामी शैक्षिकसत्रमा विद्यार्थीको उपस्थिति शून्य हुने बताइन्छ ।
नागरिकबाट

Logo