सिरहामा घुससहित इन्जिनियर पक्राउ

सिरहामा घुससहित इन्जिनियर पक्राउ


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ पुस ।

सिरहामा रु. ८ हजार घुससहित एक इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी टोलीले घुससहित सोमबार दिउँसो जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको हो ।

सिरहा औरही गाउँपालिका–३ का यादवले एक सेवाग्राहीबाट नयाँ कन्सट्रक्सन कम्पनी खोल्नको लागि सिफारिस बापत उक्त रकम लिइरहेको आवस्थामा टोलीले पक्राउ गरेको अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी किसन सिंह थापाले बताए ।

थापाले सेवाग्राहीले उक्त कार्यालयमा सिफारिसको लागि दिएको निवेदन हप्ता दिन भन्दा बढी समय बितिसक्दा पनि सिफारिस उपलब्ध गराउनुको सट्टा अझ सिफारिस चाहिएकोे छ भने चियापानीको ब्यवस्था गर्नु पर्यो भन्दै यादवले घुस मागेपछि सेवाग्राहीले अनुसन्धान आयोगमा जानकारी गराएको बताए । त्यही जानकारीका आधारमा यादवलाई पक्राउ गरिएको अनुसन्धान आयोग इटहरी जनाएको छ ।

Logo