इपिएल प्रिमियर लिग आजदेखि, छ टिम प्रतियाेगीतामा सहभागी हुने

इपिएल प्रिमियर लिग आजदेखि, छ टिम प्रतियाेगीतामा सहभागी हुने


 

काठमाडौं, ३ पुुुस : एभरेष्ट प्रिमियर लिग (इपिएल) आजदेखि सुरु हुने भएको छ । खेल कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा हुनेछ । यो सबैभन्दा धेरै पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता हो ।

पुस ११ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौ किंग्स इलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स खेल्नेछन् ।

आजको उद्घाटन खेलमा काठमाडौ किंग्स इलेभेन र ललितपुर प्याट्रिएट्स खेल्नेछन् । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । तर दोश्रो हुने टिमले कति पुरस्कार पाउँछ भन्ने अझैसम्म खुलाइएको छैन । खेल हेर्न साधारण दर्शकको लागि सय र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।

तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमअनुसार इपिएलमा सहभागीमध्ये ५ टिमले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । जसमा भारतीय, पाकिस्तानी, श्रीलंकाली र हङकङ्गका खेलाडी रहेका छन् ।

काठमाडौं किङ्स इलाभेनले श्रीलंकाली खेलाडीलाई प्राथमिकता दिएको छ । उसले कप्तानको जिम्मेवारी नै श्रीलंकाका फरवेज महरुफलाई दिएको छ । उनी श्रीलंकाको राष्ट्रिय टिमबाट एकदिवसीय र टेष्ट क्रिकेटसमेत खेलिसकेका खेलाडी हुन् । यो टिममा श्रीलंकाका अक्षय फर्नाण्डो पनि अनुबन्ध रहेका छन् ।

ललितपुर प्याट्रिओट्सले भारतीय खेलाडीलाई मौका दिएको छ । ललितपुरबाट भारतका योगेश नायर सुबोध भाटी र जयकिसन कोल्सावालाले खेल्नेछन् ।

विराटनगरले हङकङ्गका खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । हङकङ्गका कप्तान बाबर हायथ र अंशुमन रथले विराटनगर वारियर्सबाट खेल्नेछन् ।

चितवनले भारतका सावेज खान र प्रविन गुप्तालाई अनुबन्ध गरेको छ । त्यस्तै पोखराले पाकिस्तानका आशिफ अलि, ताज वाली र असरुल्लाहलाई अनुबन्ध गरेको छ ।

 

कुन टिममा को को छन् ?

काठमाडौं किङ्स इलाभेन

फरबेज मेहरुफ –कप्तान) सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, जितेन्द्र मुखिया, राजु रिजाल, अमित श्रेष्ठ, सुशिल कँडेल, सिद्धान्त लोहनी, विक्रम भुसाल, अमरसिंह रौटेला र अक्षय फर्नाण्डेज

ललितपुर प्याट्रिओट्स,

ज्ञानेन्द्र मल्ल (कप्तान), मेहबुब आलम, सन्दिप लामिछाने, ललित रावंशी, कुशल भुर्तेल, शंकर राना,पवन शर्राफ, राजबिर सिंहसोनु तामाङ्ग, प्रतिस जिसीरित, गौतम योगेस र नागर सुबोध भाटी

भैरहवा ग्लाडिएटर्स

शरद भेषावकर (कप्तान), प्रदीप ऐरी, अभिनाश बोहोरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केशी, रोहित पौडेल, हरिशंकर साह, आरिफ शेख, दिपेश श्रेष्ठ, र भुपेन्द्र थापा

चितवन टाइगर्स,

पृथु बास्कोटा (कप्तान), दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, शाहव आलम, ललित भण्डारी, सुनम गौतम, योगेन्द्र कार्की, गौतम केशी, अनिल मण्डल, दिलिप नाथ, भीम सार्की, सन्दिप सुनार, आकाश थापा, प्रविन गुप्ता, सावेज खान र प्रमेश कुमार

पोखरा राइनोज

शक्ति गौचन (कप्तान), विनोद भण्डारी, सुसन भारी, सन्तोष भट्ट, सुनिल धमला, सौरभ खनाल, विपिन खत्री, राजेश पुलामी, किशोर महतो, नुरुध्वज सेन, विक्रम सोबताज वाली, आशिफ अलि र इसरुल्लाह

विराटनगर वारियर्स

पारस खड्का (कप्तान), आकाश विष्ट, रामनरेश गिरी, अभिनास कर्ण, करण केशी, प्रनित थापामगर, सुमित महर्जन, वशन्त रेग्मी, अनिल साह, आशिफ शेख, पुष्प थापा, बाबर हायत र अंशुमन रथ

 

Logo