गर्लफ्रेन्डलाई टावेलमा मात्र सडकमा निकाले

गर्लफ्रेन्डलाई टावेलमा मात्र सडकमा निकाले


न्यूयोर्क, २ पुस । एक युवतीले न्यूयोर्क प्रहरीमा एउटा अनौठो घटनामा उजुरी गराइन् । युवतीको उजुरी थियो, आफूलाई ब्वाइफ्रेन्डले सडकमा निकाले । टावेल मात्र बेरेर उनी सडकमा निस्किइन् । त्यसपछि नग्न पारियो । यसरी नग्न सडकमा हिँड्न लगाएर उनको भिडियो खिचियो । यसो गर्नुको पछाडि ब्वाइफ्रेन्डले उनीप्रति शंका गरेका थिए । अर्कोसँग लसपस भएको आशंकामा ति युवाकले गर्लफ्रेन्डमाथि यस्तो किसिमको ज्यादती गरेका थिए ।

आफूलाई यसरी नग्न बनाउन बाध्य बनाएको भन्दै युवतीले उजुरी दर्ता गरेकी थिइन् । न्यूयोर्क अदालतले जैसन मेलो नामका ति आरोपितलाई अपराधी ठहराएको छ ।

आफ्नी गर्लफ्रेन्ड अरुसँग सल्किएको आशंकामा उनले कुटपिटसमेत गरेका थिए । त्यसपछि सडकमा नग्न उतारेका थिए । सडकमा उत्रिएकी गर्लफ्रेन्डको टावेल पनि उनले तानिदिए । नग्न भएकी गर्लफ्रेन्डको भिडियो खिचेर साथीहरुलाई पठाएका थिए ।

यसैबीच गर्लफ्रेन्डले बच्चा जन्माएमा त्यो बच्चा पनि आफ्नो नभएको ब्वाइफ्रेन्डको भनाई थियो ।

Logo