‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्न ओली सरकार किन पछि हटेको ?

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्न ओली सरकार किन पछि हटेको ?


काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको नाम फेरवदल गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

नेता भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति खबरदारी गरेका हुन् । यसअघि ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेखिँदै आएकोमा हाल आएर ‘नेपाल’ मात्र लेख्ने निर्णय गर्नुमा उनले केही गडबडी रहेको आशंका व्यक्त गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार !’

गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको थियो।

Logo