केन्द्रबिन्दु सम्बाददाता 
 
काठमाडौँ, १ पुष । "/>

एक महिनाको तलब बराबरको शुल्क चाहिन्छ- मेनपावर ब्यबसायी

एक महिनाको तलब बराबरको शुल्क चाहिन्छ- मेनपावर ब्यबसायी


केन्द्रबिन्दु सम्बाददाता 
 
काठमाडौँ, १ पुष  युरोपका देशहरुमा कामदार पठाउँदा लिन पाउने सेवा शुल्क परिमार्जन गर्न वैदेशिक रोजगार व्यावसायी संघले सरकारसँग माग गरेको छ । खाडी मुलुकका ६ देश र मलेसियामा समेत सरकारले तोकेको १० हजार रुपैयाँमा कामदार पठाउन नसक्ने बताइरहेका बेला युरोपका देशहरुमा पनि त्यही शुल्कमा पठाउन दबाब दिनु उचित नभएको संघले प्रेस विज्ञप्ति जारी गर्दे बताएको छ ।
 
युरोपका देशहरुमा पठाउदा कामदारले पाउने एक महिनाको पारिश्रमिक पठाए बापत लिन पाउनुपर्ने उनीहरुको माग छ । सरकारले खाडीका ६ वटा देश र मलेसिया जस्तै युरोपका विभिन्न देशमा पठाउँदा पनि व्यावसायीले १० हजार रुपैयाँ मात्रै लिन पाउने बताएपछि व्यावसायीले त्यसको विरोध गरेका हुन् । वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङद्वारा जारी विज्ञप्तिमा युरोपका देशहरुबाट राम्रो तलबसहितका माग आएपनि सरकारले ती देशमा कामदार पठाउन व्यावसायीलाई उचित वातावरण बनाउन नसकेको उल्लेख छ ।
 
उनले स्वीडेन, माल्टा, पानामा, चेक रिपब्लिकसहितका देशमा कामदारले महिनामा १ लाख देखि २ लाख १५ रुपैयाँसम्म कमाउन सक्ने भन्दै संघले न्युनतम शुल्क निर्धारण सम्बन्धी निर्णय पुनर्विचार गर्न र कामदारको एक महिनाको तलब बराबरको रकम लिन पाउने व्यवस्था गर्न माग गरेको छ । माग पुरा नभए सरकारविरुद्ध कडा कदम चाल्ने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Logo