काठमाडौं,१,पुस
राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार वान् टु वान् वार्ता भएको छ। "/>

राष्ट्रपति – ओली वान् टु वान् वार्ता

राष्ट्रपति – ओली वान् टु वान् वार्ता


काठमाडौं,१,पुस
राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार वान् टु वान् वार्ता भएको छ। वार्ता वान् टु वान् भएकोले आफूले केही भन्न नसक्ने जानकारी राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले दिए। ताजा जनादेश वाम गठबन्धनका पक्षमा आएपछि राष्ट्रपतिलाई भेट गर्न गएका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशलाई लिएर विवाद झिकेको स्मरण गराएका थिए।

राष्ट्रपति समक्ष ओलीले राखेको भनार्इ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नयाँ सरकार गठनका विषयमा पनि अनावश्यक कानुनी बखेडा झिकेर सरकारले ताजा जानदेशको अवमूल्यन गरेको छ। एमाले र माओवादी एकल संक्रमणीय प्रणालीमा नभएर बहुमतीय प्रणालीमा राष्ट्रियसभा गठनको पक्षमा छ। सरकारले असोज दोस्रो साता राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय प्रणालीबाट गराउनु पर्ने प्रावधान राखेर अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो। राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई सहमतिको बाटोबाट समस्याको निकास खोजी सत्ता हस्तान्तरण प्रक्रियामा जान सुझाएकी थिइन्। प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई बिहीबार भेटेका थिए।
अन्नपूर्णबाट

Logo