काठमाडौं,२९, मंशिर
नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नु पर्ने अवस्था छ । लामो समय देखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँचवटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ । "/>

नेपालमा पेट्रोलियम अन्वेषणका लागि विदेशी कम्पनीकै भर

नेपालमा पेट्रोलियम अन्वेषणका लागि विदेशी कम्पनीकै भर


काठमाडौं,२९, मंशिर
नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नु पर्ने अवस्था छ । लामो समय देखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँचवटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ । जसमा सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, विविवि च्याम्पियन्स अमेरिका र इएवीजी कम्पनी युएई छन् । सोल ट्राइगन, केयर इनर्जी र टेक्साना रिसोर्सेस कम्पनीले अन्वेषणको काम गरे पनि नेपालमा देखिएको राजनीतिक हिंसा र अस्थिरताका कारण बीचमै काम छाडेका थिए ।

परियोजना प्रमुख सुधीर रजौरे पेट्रोलियम अन्वेषणका लागि नेपालको अर्थतन्त्र र जनशक्तिले सम्भव नहुने भएकाले विदेशी कम्पनीको भर पर्नु परेको बताउँछन् । “पेट्रोलियम पदार्थ कहाँ–कहाँ छ भन्ने बारे हामीले प्रारम्भिक अनुसन्धान गरि सकेका छौँ, विशिष्ट खालका अनुसन्धानको लागि विदेशी कम्पनीको भर पर्नु पर्ने हुन्छ,”– उनले भने । परियोजनाले गरेको अध्ययन अनुसार नेपालको चुरे र तराई क्षेत्रमा पेट्रोलियम पदार्थ हुन सक्ने निष्कर्ष निकालेको छ । परियोजनाले प्रारम्भिक पेट्रोलियम अन्वेषणका लागि पूर्व देखि पश्चिम सम्ममा तराई र चुरेका १० खण्ड बनाएर अन्वेषण गरेको थियो ।
रासस

Skip This
Logo