काठमाडौं,२९,मंशिर
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल स्वीकृत गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । "/>

सत्ता हस्तान्तरण गर्न आतुर छु :देउवा

सत्ता हस्तान्तरण गर्न आतुर छु :देउवा


काठमाडौं,२९,मंशिर
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल स्वीकृत गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार शीतलनिवास पुगेका देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको भन्दै स्वीकृत गरिदिन आग्रह गरेका हुन् । राष्ट्रियसभा गठन नभएसम्म निर्वाचनले पूर्णता नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर देउवाले राष्ट्रपतिसँग गरेका छन् । ‘राष्ट्रियसभा गठन नभएसम्म निर्वाचन प्रक्रियाले पूर्णता पाउँदैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका प्रेस संयोजक गोविन्द परियारले भने, ‘राष्ट्रियसभा गठन नभईकन सत्ता हस्तान्तरण कठिन भयो, अध्यादेश स्वीकृत गरेर बाटो खोलिदिनुस् । छिट्टो सत्ता हस्तान्तरणका लागि म आतुर छु ।’
नागरिकबाट

Logo