धरान,२९,मंशिर
सुनसरी क्षेत्र नम्बर ३ मा पुनः मतदानको माग गर्दै एमाले कार्यकर्ताले सदरमुकाम इनरुवामा बिहीबार विरोध प्रर्दशन गरेका छन्। "/>

सुनसरी ३ मा पुनः मतदानको माग गर्दै एमालेको प्रदर्शन

सुनसरी ३ मा पुनः मतदानको माग गर्दै एमालेको प्रदर्शन


धरान,२९,मंशिर
सुनसरी क्षेत्र नम्बर ३ मा पुनः मतदानको माग गर्दै एमाले कार्यकर्ताले सदरमुकाम इनरुवामा बिहीबार विरोध प्रर्दशन गरेका छन्। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राज्य शक्तिको दुरुपयोग गरेर एमाले नेतृ भगवती चौधरीलाई पराजित गरेको भन्दै इनरुवामा हजारौ‌ं एमाले कार्यकर्ताले निर्वाचन परिणामको विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

भगवती सर्मथकहरुले इनरुवा बजारमा विरोध प्रर्दशन गरेपछि इनरुवाको जनजीवन प्रभावित बनेको थियो । बुधबार सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी कांग्रेस नेता गच्छदारसँग ३ सय २१ मतको झिनो मतअन्तरले पराजित भएकी थिइन्। पराजितको पीडा बेहोरेकी चौधरीले गच्छदारले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीलाई खरिद गरेर चुनावी नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाउँदै आएकी छन्। बुधबार नै निर्वाचन आयोगको मत परिणामलाई अस्वीकार गरी उनले कानुनी उपचारका लागि अदालतमा जाने पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी छन् । भगवतीले निर्वाचन आयोगमा पुनः मतदान गराउन र निर्वाचन अधिकृतलाई कारवाही गरी नयाँ निर्वाचन अधिकृत नियुक्ति गर्न माग गर्दा समेत वास्ता नगरेपछि कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएको बताएकी छन् ।
समाचार र तस्विर अन्नपूर्णबाट

Logo