संखुवासभा ,२९,मंशिर

जिल्लामा प्रत्यक्षबाट प्रतिनिधिसभातर्फ एक र प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जिते । "/>

प्रत्यक्षमा शून्य कांग्रेस समानुपातिकमा पहिलो

प्रत्यक्षमा शून्य कांग्रेस समानुपातिकमा पहिलो


संखुवासभा ,२९,मंशिर

जिल्लामा प्रत्यक्षबाट प्रतिनिधिसभातर्फ एक र प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जिते । प्रतिनिधिसभा सदस्यमा एमालेका राजेन्द्र गौतम विजयी भएका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर (१) मा माओवादी केन्द्रका पूर्णप्रसाद राई र (२) मा एमालेका तुलसी न्यौपाने विजयी भएका छन्। प्रत्यक्षतर्फ कांग्रेस शून्य नै भयो तर समानुपातिक निर्वाचन प्रणालीमा भने पहिलो बनेको छ। सार्वजनिक समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा (१) मा पहिलो भएको हो। प्रदेशसभा (२) मा भने एमालेले पहिलो स्थानमा समानुपातिक मत प्राप्त गरेको छ।

प्रतिनिधिसभातर्फ ६९ हजार २४६ मत मध्ये कांग्रेसले २६ हजार ९९०, एमालेले २५ हजार ९१४, माओवादी केन्द्रले ५ हजार ९४८, राप्रपाले १ हजार ७१५ र संघीय समाजवादी फोरमले ८१८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिएका छन्। प्रतिनिधिसभातर्फ ५ हजार ८८२ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
अन्नपूर्णबाट

Logo