सुन साईंली अब चलचित्रमा

सुन साईंली अब चलचित्रमा


काठमाडौं, २८ मंसिर । अभिनेता गौरव पहारीले चलचित्र क्षेत्रमा आफ्नो भूमिका परिवर्तन गर्दै चलचित्र निर्माण गर्ने भएका छन् ।

हेमन्त रानाको सुन साईंली बोलको गीत युट्युबमा अत्याधिक सफल भएपछि जिएच इन्टरटेन्टमेन्टले ‘साईली’ नामक चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । बिहिबार आयोजना भएको एक कार्यक्रममा चलचित्र निर्माणको घोषणा गरिएको हो ।

गीतमा जस्तै चलचित्रमा पनि गौरव पहारी र मेनुका प्रधानकै जोडी रहने बताईएको छ । साईंली चलचित्रलाई रामबाबु गुरुङ्गले निर्देशन गर्ने भएका छन् । चलचित्र निर्माण घोषणामा जिएच इन्टरटेन्टमेन्टको सुन साईली गीतले युट्युबमा १ करोड २० लाख भ्यू पुगेकोमा केक काटेर खुशियाली मनाएको थियो ।

चलचित्र साईंलीको घोषणा कार्यक्रमको भिडियो हेर्नुहोस्

Logo