इनरुवा, २७, मंसिर
सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि लागेका छन् । "/>

सुनसरी—३ मा गच्छदार ५१९ मतले अगाडि

सुनसरी—३ मा गच्छदार ५१९ मतले अगाडि


इनरुवा, २७, मंसिर
सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि लागेका छन् । मतगणना शुरु भए देखि पछाडि रहँदै आएका गच्छदार आज अगाडि भएका हुन् । आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार गच्छदार ५१९ मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार काँग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेकी छिन् ।

सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा ६ हजार ८०६ मत गणना गर्न बाँकी छ ।
रासस

Logo