यी पोर्न स्टारले के भनिन्, जसले हल्लीखल्ली मच्यायो ?

यी पोर्न स्टारले के भनिन्, जसले हल्लीखल्ली मच्यायो ?


मुम्बई, २६ मंसिर ।

एक्स एडल्ट स्टार मिया खालिफाले के भनिन्, जसले हल्लीखल्ली मच्यायो ? उनले आफूसँग जोडिएको पोर्न उद्योगको बारेमा भनेकी होइनन् । बरु खेलको बारेमा भनेकी हुन् । उनले रेस्लिङ खेललाई एकदमै तुच्छ बताइन् । कतिसम्म भनिन् भने, ‘यो त खेल नै होइन । लाजलाग्दो कुरा हो ।’

२४ वर्षीय खलिफाले आफ्नो युट्युब शो आउट अफ बाउन्डमा युएफसी फाइटर रान्ड रासीका बारेमा टिप्पणी गर्दै यस्तो कुरा भनेकी हुन् ।

उनले डब्ल्युडब्ल्युईप्रति आफ्नो कुनै सम्मान नभएको बताएकी छिन् । भनिहालौं, मिया खलिफा पोर्न स्टार मात्र होइनन् । स्पोर्टस् रिपोर्टर पनि हुन् । खलिफाले खेलसम्बन्धी गरेको यस्तो टिप्पणीले अर्थ राख्छ पनि ।

जब उनले रेस्लिङलाई खेलकै दर्जा दिन चाहिनन् र यो नौटंकी मात्र हो भन्ने आशयको कुरा गरिन्, समग्र खेल जगतमा खल्लीबल्ली मच्चियो । एजेन्सी

Logo