सय मत पनि नपाउने ३ जिल्लाका यी ११५ उम्मेदवार

सय मत पनि नपाउने ३ जिल्लाका यी ११५ उम्मेदवार


सन्दिप बैश्य । काठमाडौं, २६ मंसिर ।

प्रदेश नं. २ को ३ जिल्लामा रहेका १२ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा चुनाव लडेका जम्मा १ सय ९० उम्मेदवारमध्ये १ सय १५ उम्मेदवारले १०० मत पनि प्राप्त गर्न सकेनन् । पर्सा, बारा र रौतहट जिल्लाको निर्वाचन क्षेत्रका यी उम्मेदावारहरुले १०० मत पनि प्राप्त गरेका छैनन् । पर्साका ३४, बाराका १८ र रौतहटका ६३ उम्मेदवारहले सय मत पनि ल्याउन सकेका छैनन् । सय मत प्राप्त नगर्नेमा सबै भन्दा बढी स्वतन्त्र उम्मेदवारहरु रहेको निर्वाचन आयोगले जनाएको छ ।

को को हुन् ती उम्मेदवारहरु ? जिल्लागत प्राप्त मत परिणामसहितको नमावली :

पर्सा जिल्ला
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा चुनाव लडेका राष्ट्रिय जनमोर्चाका नुरआलम अंसरीले ५८ मत, नेपाल कम्युनिष्ट (माक्र्सबादी)का शंकर प्रसाद चौरासियाले ४१ मत, देशभक्त लोकतान्त्रिक पार्टीका महमद ममताज आलमले २७ मत, नेपाल मजदुर किसान पार्टीका सरोज कुमार साहले २४ मत, स्वतन्त्र उम्मेदवारहरुमा बिन्दु कुमारी श्रेष्ठले ३६ मत, समसुुद्दिन मियाले २५ मत, जाजल अंसारीले २१ मत, अनिल कुमार थापाले १३ मत, दीप कुमार बर्माले ८ मत, फिरोज अहमदले ७ मत, रोशन बैद्यले ६ मत, रामअजोध्या महराले ५ मत, प्र्रदीप वर श्रेष्ठले ४ मत र सफरोज अहमद मंसुरीले मत ४ प्राप्त गरेका हुन् ।

त्यसै गरी पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा चुनाव लडेका देश लोकतान्त्रिक पार्टीका जलेश्वर साह सोेनारले ८० मत तथा स्वतनन्त्रहरुमा मनोहर प्रसाद यादवले ५१ मत, योेगेन्द्र प्रसाद यादवले ३२ मत, मो. जियाउल हवारीले २८ मत, शेख नविहुसेनले २२ मत, जितेन्द्र प्रसाद यादवले २१ मत, रमेश प्रसाद यादवले १४ मत र महमद कलिम मंसुरीले ६ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा चुनाव लडेका नेपाल मजदुर किसान पार्टीका इस्लाम मियाले ६६ मत तथा स्वतन्त्रहरुमा प्रदिप कुमार रौनियारले ७४ मत, अजय कुमार गुप्ताले ५३ मत, शम्भु ठाकुरले २७ मत, धुरेन्द्र पटेलले २५ मत र शिवजी प्रसाद गुप्ताले १५ मत प्राप्त गरेका हुन् ।

त्यसै गरी पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभामा चुनाव लडेका नेपाल मजदुर किसान पार्टीका साहव मिया तेलीले ७१ मत तथा स्वतन्त्रहरुमा रामाकान्त प्रसाद चौधरीले ६५ मत, मुमताज अहमद गद्दीले ४९ मत, मोहपतीया दुसाधीनले २९ मत, सुनिल कुमार वाग्लेले १६ मत र बनारसी राउत अहिरले १५ मत प्राप्त गरेका हुन् ।

बारा जिल्ला

बारा जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा चुनाव लडेका राष्ट्रिय जनमोर्चाका पारस ठाकुर हजामले ७८ मत तथा स्वतन्त्र उम्मेदवारहरु राम अधिकार प्रसाद यादवले २६ मत, शिव प्रसाद रिजालले २२ मत, गणेश राज शिवाकोटीले १९ मत र गान्धी दास तत्माले १२ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी बारा जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभामा चुनाव लडेका स्वतन्त्र उम्मेदवारहरु राम सरण हजराले ७७ मत ,संजय प्रसाद यादवले ७३ मत , मंजारुल अंसरीले ५७ मत , मुनिल प्रसाद यादवले ५१ मत , श्री भगवान प्रसाद यादवले ४१ मत र जियालाल प्रसाद साहले ३९ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी बारा जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभामा चुनाव लडेका राष्टिय जनमुक्ति पार्टीका ब्रहमदेव प्रसाद यादवले ६४ मत तथा स्वतन्त्र उम्मेदवारहरु मनोज पडित कुम्हारले ५० मत र विष्णु प्रसाद ढुंगानाले ४५ मत प्राप्त गरेका हुन् ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभामा चुनाव लडेका राष्ट्रिय समाजवादी पार्टी नेपालका लक्ष्मी सा तेलीले ९० मत तथा स्वतन्त्र उम्मेदवारहरु मोेजार अंसारीले ८८ मत, जफरुल मियाले ३७ मत र राधाकृष्ण चौधरीले २८ मत प्राप्त गरेका हुन् ।

रौतहट जिल्ला
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा चुनाव लडेका नेपाल मजदुर किसान पार्टीका हरेन्द्र राय यादवले ८५ मत ,नयाँ शक्ति पार्टी नेपालका राजनारायण साहले ७४ मत , बहुजन समाज पार्टी नेपालका रामदेव राय यादवले ३२ ,दलित मुस्लिम जनशक्ति पार्टीका नारायण दासले २५ तथा स्वतन्त्र उम्मेदवारहरु शैलेन्द्र सिंहले ८२ मत ,अरविन्द्र राय यादवले ५६ मत , ऋषिकेश सिंह राजपुतले ३२ मत , रामनरेश राय यादवले १८ मत , दिपेन्द्र कुमार झाले १२ मत , विगु भगत महराले ११ मत ,फेकु दासले १० मत , मनोज कुमार पाण्डेयले ८ मत , रघुनाथ सहनी मलाहले ६ मत , संजय कुमार यादवले ५ मत ,ब्रहमा नन्द झाले ५ मत , हरिहर मुखिया बिनले ५ मत ,देवेन्द्र झाले ५ मत , भुषण ठाकुर हजामले ४ मत , बैधनाथ सहनीले ४ मत , रामपुजन रायले ४ मत , रामाकान्त राय यादवले ४ मत , बैजु राय यादवले ३ मत र लिला नाथ झाले ३ मत प्राप्त गरेका हुन् ।

रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभामा चुनाव लडेका राष्ट्रिय जनमोर्चाका शेख सलाउद्दीनले ९३ मत , नेपाल मजदुर किसान पार्टीका मनजोगी कुमारीले ७१ मत , नेपाल संघीय समाजवादी पार्टी शेख मोेहमद अर्सद अलि शेखले ४५ मत , एकीकृत राष्टिय प्रजातन्त्र पार्टी (राष्टवादी) का देव नाथ महतोेले ४३ मत तथा स्वतन्त्र उम्मेदवारहरु महम्द सजिम अंसारीले २९ मत , मो.रीजवान आलमले १८ मत , शेख सहबले १६ मत , शेख हिजवुलाले १५ मत र रामबाबु प्रसाद साहले १४ मत प्राप्त गरेका हुन् ।

रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं.३ मा प्रतिनिधि सभामा चुनाव लडेका राष्ट्रिय जनमोर्चाका सोनफी महतोले ५३ मत , नेपाल मजदुर किसान पार्टीका विनोद कुमार साहले २१ मत तथा स्वतन्त्र उम्मेदवारहरु अशोक पाण्डेले ६७ मत, अनरवा देवीले ५७ मत, दिपेन्द्र महतो कोेईरीले ४९ मत, जसिया देवीले ३४ मत, नन्द किशोर राय यादवले १७ मत, नागेन्द्र प्रसाद साहले १२ मत,ठागा दासले ९ मत, प्रभु महतोले ७, अबरारुल हकले ७ मत, नागेन्द्र राय यादवले ५ मत, मोहन साहले ५ मत, रामजन्म राय यादवले ५ मत, राम एकवालले ४ मत , शम्भु साह तेलीले ४ मत, रामाकुमारी देवीले ३ मत र राजेश कुमार साहले ३ प्राप्त गरेका हुन् ।

त्यसैगरी रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधि सभामा चुनाव लडेका एकीकृत राष्टिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) मोहन दास तात्माले ८० मत ,देशभक्त जनगणततान्त्रिक मोर्चा नेपालका शिव शंकर पाण्डेयले ७९ मत, विवेकशील साझा पार्टीका नुद प्रसाद तिमल्सिनाले ५२ मत, नेपाल मजदुर किसान पार्टीका बैद्यनाथ प्रसाद चौधरीले ४१ मत, नेपाल जनता पार्टीका विरेन्द्र राय यादवले ३२ मत, लोककल्याणकारी जनता पार्टी नेपालका किशोर सहनीले १८ मत तथा स्वतन्त्र उम्मेदवारहरु बलीराम सहनीले २५ मत, सुनिल कुमार झाले १७, कृष्णनन्दन साह तेलीले ६ मत, कल्याण कार्कीले ६ मत, परुषोत्तम मिश्रले ६ मत र शिवशंकर चौैलागाईले ४ मत प्राप्त गरेका छन् ।

Logo