म्याग्दी, २६, मंसिर
आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । "/>

एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री

एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री


म्याग्दी, २६, मंसिर
आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक एक करोड कमाउन थालेपछि सिंगाको चर्चा अहिले जिल्लाभरि हुन थालेको छ । सिंगा गाउँबाट मात्रै वार्षिक करिब एक करोडको दूध निर्यात हुने गरेको छ ।

दूध बिक्री गरेर यहाँका युवाहरुले मासिक प्रतिव्यक्ति ४० हजार देखि एक लाख सम्म कमाउने गरेका सिंगाका नवराज पौडेलले बताए । खाडी मुलुक कतारबाट फर्किए पछि गाउँमै भैँसी खरिद गरी दूध बेच्न थालेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक एक लाख भन्दा बढी कमाउन थालेको जानकारी दिए । उनले ०६८ सालमा एक लाख लगानीमा दुईवटा भैंसी खरिद गरेर दूध बेच्न थालेका हुन् ।  दूधबाट राम्रो आम्दानी देखेपछि केसीले अहिले ६ वटा भैँसी र एउटा उन्नतजातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा लैजाने गरेका छन् । केसी मात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिकरुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक एक लाख भन्दा बढी कमाइ गर्दै आएका छन् ।
रासस

Skip This
Logo