मोरङ,२५, मंशिर
मोरङमा ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभाको सिट रहेको छ । प्रदेशसभा तर्फ ४ वटामा कांग्रेस, ७ वटा वाम गठबन्धन र एक स्थानमा संघीय समाजवादीले जित हासिल गरेको छ । "/>

मोरङमा १८ सिटको मतगणना सम्पन्न

मोरङमा १८ सिटको मतगणना सम्पन्न


मोरङ,२५, मंशिर
मोरङमा ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभाको सिट रहेको छ । प्रदेशसभा तर्फ ४ वटामा कांग्रेस, ७ वटा वाम गठबन्धन र एक स्थानमा संघीय समाजवादीले जित हासिल गरेको छ । निर्वाचन कार्यालयको घोषणा अनुसार मोरङ १ नम्बर क्षेत्रको दुवै प्रदेश सभामा वाम गठबन्धनका उम्मेदवार विजयी भए । मोरङमा मत गणना सुरु भएको ५३ घण्टामा प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । निर्वाचन सम्पन्न भएपछि २२ मंसिर बिहान ११ बजेदेखी सुरु भएको प्रत्यक्ष तर्फको मतगणना २४ मंसिर दिउँसो ५ बजे गणना गनेर सकिएको हो । कुल मतदाता ६ लाख ४४ हजार ७ सय ८२ रहेको मोरङमा ४ लाख ६८ हजार ३०५ मत खसेको थियो ।
नयाँपत्रिकाबाट

Logo