राप्रपाको तर्फवाट राजेन्द्र लिङदेनले खाता खोले

राप्रपाको तर्फवाट राजेन्द्र लिङदेनले खाता खोले


भद्रपुर, २४ मंसिर । झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका राजेन्द्रकुमार लिङ्देनले ४४ हजार ६ सय १४ मत प्राप्त गरी विजयी भएका छनु , राप्रपाको तर्फवाट यसपटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित हुने लिङदेन एक मात्र उम्मेदवार रहेका छन् ।

उनका निकटतम प्रतिद्धन्दि नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरेका थिए ।

यसैगरी, सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट नेकपा (एमाले)का वसन्तकुमार बानियाँले २२ हजार ६ सय ५३ मत र प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट नै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पूर्णप्रसाद राजवंशीले २२ हजार ६५ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै झापा –२ को प्रदेशसभा सदस्य ‘क’ मा वाम गठबन्धनबाट एमालेका एकराज कार्की २१ हजार २ सय ८४ मत प्राप्त गरी विजय भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लक्ष्मण खड्काले १२ हजार ७ सय २२ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Logo