कालीकोट प्रतिनिधिसभामा वाम गठबन्धनका रावत विजयी

कालीकोट प्रतिनिधिसभामा वाम गठबन्धनका रावत विजयी


कालीकोट, २३ मंसिर । कालीकोटबाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का दुर्गबहादुर रावत २१ हजार १११ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका छन् । 

प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) उम्मेदवार कुर्मराज शाही विजयी भएका छन् । प्रदेश सभा (ख)मा वाम गठबन्धनकै नेकपा (माओवादी केन्द्र)का नेता तथा बिना विभागीयमन्त्री महेन्द्रबहादुर शाही विजयी भएका छन् । 

प्रदेशसभा (क)बाट विजयी उम्मेदवार कुर्मराज शाहीले ११ हजार ९३५ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका टेकराज शाहीले चार हजार ७८९ मत ल्याएका छन्  । त्यसैगरी प्रदेशसभा (ख)मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)नेता तथा बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले १२ हजार १५३ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फका नेकाका उम्मेदवार कालीबहादुर सहकारीले नौ हजार ३४२ मत ल्याएका छन् । रासस

Logo