प्रधानमन्त्री देउवा दोब्बर बढी मतले अगाडि

प्रधानमन्त्री देउवा दोब्बर बढी मतले अगाडि


केन्द्रबिन्दु सम्बाददाता  । 

डडेल्धुरा, २३ मसिर । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहेका छन् । प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याएको छ, भने उनलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहेका छन् । 

प्रदेश एकमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत ल्याएर अगाडि छन् भने उनलाई काँग्रेसका रघुवर भट्टले चारहजार ५०२ मतले पछ्याइरहेका छन् । प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण मल्ल पाँचहजार ४१७ मतले अगाडि छन् भने उनलाई वाम गठबन्धनका तारा जोशीले चार हजार २९७ मतल्याएर पछ््याइरहेका छन्  । 

दुईवटा प्रदेश रहेको डडेल्धुरामा प्रदेश–(क) मा वामका उम्मेदवार अगाडि रहेका छन् भने प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार कर्णमल्ल अगाडि छन् ।

Logo