भद्रपुर, २३, मंसिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनले अग्रस्थान लिइरहेको छ । "/>

झापामा ओली र लिङ्देन अगाडि

झापामा ओली र लिङ्देन अगाडि


भद्रपुर, २३, मंसिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनले अग्रस्थान लिइरहेको छ । पछिल्लो मतगणनानुसार निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका सुरेन्द्रकुमार कार्कीले ११ हजार ४७ तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १० हजार २६५ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका पवित्रा निरौला (खरेल) ले ७ हजार ३०५ तथा काँग्रेसका उद्धव थापाले ४ हजार ९६२ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ३ मा नेकपा (एमाले) समर्थित राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले ११ हजार १५ तथा काँग्रेसका कृष्णप्रसाद सिटौलाले ८ हजार ५९ मत प्राप्त गरेका छन् । क्षेत्र नं ४ मा वाम गठबन्धनका एलपी साँबाले १२ हजार ७४२ र काँग्रेसका देउकुमार थेवेले ७ हजार ७७५ मत प्राप्त गरेका छन् । क्षेत्र नं ५ मा वाम गठबन्धनका केपी शर्मा ओलीले १२ हजार ६८८ र काँग्रेसका डा. खगेन्द्र अधिकारीले ५ हजार ४७५ मत प्राप्त गरेका छन् ।
रासस

Logo