मंसिर, २३, गुल्मी

गुल्मीमा पछिल्लो मतपरिणाम अनुसार वामगठबन्धनले अग्रता लिइरहेको छ । "/>

गुल्मीमा पनि वाम गठबन्धनको अग्रता

गुल्मीमा पनि वाम गठबन्धनको अग्रता


मंसिर, २३, गुल्मी

गुल्मीमा पछिल्लो मतपरिणाम अनुसार वामगठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् भने चार वटा प्रदेशसभामा पनि गठबन्धननै अगाडि देखिएको छ । क्षेत्र नं १ मा एमालेका चर्चित नेता प्रदिप ज्ञवालीले १० हजार एक सय ६६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका युवा नेता चन्द्र भण्डारीले ८ हजार एक सय ५५ मत प्राप्त गरेका छन् । यो मत कुल १८ हजार ६ सय ४७ मत गणना भइसक्दाको परिणाम हो । त्यस्तै क्षेत्र नं २ मा पनि एमालेका युवा नेता गोकर्ण विष्ट झण्डै दोब्बर मतका साथ अगाडी छन् । विष्टले ११ हजार ६ सय ९० मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र केसीले ५ हजार ८ सय ३८ मत प्रात गरेका छन् । यो कुल १८ हजार ४ सय ३२ मत गणना भइसक्दाको परिणाम हो।

Logo