मेघा चौधरी बन्दैछिन् समाजसेवी सेलीब्रेटी (भिडियो रिपोर्ट)

मेघा चौधरी बन्दैछिन् समाजसेवी सेलीब्रेटी (भिडियो रिपोर्ट)


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० मंसिर ।

उद्यमी तथा साहित्यकार बसन्त चौधरीकी छोरी मेघा चौधरी केही समय यता सामाजिक सञ्जालमा समाजसेवीका रुपमा छाइरहेकी छिन् । अहिले यसको विशेष कारण छ ।
घटना केही दिन अघिको हो ।

वीर अस्पतालमा एक पुरुष अचेत अवस्थामा उपचार नपाई दिसा–पिसाबमा लत्पतिएकै अवस्थामा थिए । त्यो कारुणिक अवस्थालाई दुर्गानाथ दाहालले यसै हेर्न सकेनन् । त्यो अवस्थालाई उनले आफ्नो क्यामेरामा कैद गरे र अस्पतालसँग यस्तो किन भनेर प्रश्न पनि सोधे ।

‘बेवारिसे अवस्थाका बिरामीलाई हेर्ने कर्मचारी छुट्टीमा रहेकोले’ भन्ने अस्पतालको गैरजिम्मेवार जवाफले उनलाई फेसबुकमा त्यो तस्बिर पोस्ट गर्न बाध्य पार्यो । जुन पोस्ट चाँडै नै भाइरल बन्दियो ।

त्यही क्रममा मेघा चौधरीको म्यासेन्जरमा पनि कोही साथीबाट त्यही पोस्टको लिंक आयो । त्यसपछि मेघाले दुर्गानाथसँग सोधपुछ गरिन् । मेघाले ती पुरुषको उपचार नर्भिक अस्पतालमा गर्ने बाचा गरेपछि दुर्गानाथले वीर अस्पतालबाट बिरामीलाई निकाल्न मद्दत गरे ।

अहिले नर्भिक अस्पतालमा उपचाररत ती पुरुष केही बोल्ने भएका छन् । उनले आफ्नो नाम मदन पोख्रेल बताए पनि उनको सम्पूर्ण परिचय अझै खुल्न सकेको छैन ।

यो उपकारको घटनाले यतिबेला मेघा चौधरी र उनी प्रबन्ध निर्देशक रहेको नर्भिक अस्पतालको चर्चा बढिरहेको छ । यही घटनासंगै अस्पतालको जिम्मेवारी र सेवाका साथै मेघाको रुचिका विषयमा केन्द्रबिन्दुले उनीसँग कुराकानी गरेको छ–

Logo