काठमाडौँ, २०, मंसिर
नेपाली काँग्रेसले निर्वाचन प्रभावित गर्ने मनसायले भएका बम आतंक प्रति भत्र्सना गरेको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित षडयन्त्रबाट भएका यस्ता क्रियाकलाप प्रति कतिपनि विचलित नहुन आम मतदातालाई अपिल गरेका छन् । "/>

बम आतंकप्रति काँग्रेसको भत्र्सना

बम आतंकप्रति काँग्रेसको भत्र्सना


काठमाडौँ, २०, मंसिर
नेपाली काँग्रेसले निर्वाचन प्रभावित गर्ने मनसायले भएका बम आतंक प्रति भत्र्सना गरेको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित षडयन्त्रबाट भएका यस्ता क्रियाकलाप प्रति कतिपनि विचलित नहुन आम मतदातालाई अपिल गरेका छन् । उनले शान्तिपूर्ण एवं निर्वाधरुपमा निर्वाचनमा सहभागी हुन पाउने नागरिकको नैसर्गिक अधिकारको विरोध गर्ने र लोकतान्त्रिक संस्कारको उपहास गर्ने आपराधिक घटनाको मुकाविला गर्न काँग्रेस तयार रहेको उल्लेख गरे । मुख्यसचिव पौडेलले आपराधिक घटना नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन तथा त्यस्ता घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइ कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।  रासस

Logo