हेभिवेट पम्फा भुसाललाई मदन अमात्यको चुनौती (भिडियो सहित)

हेभिवेट पम्फा भुसाललाई मदन अमात्यको चुनौती (भिडियो सहित)


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ मंसिर ।
कुनै समय वाम राजनीतिको बलियो प्रभाव रहेको ललितपुर जिल्ला पछिल्ला निर्वाचनमा भोट स्विङ हुने जिल्लाको रुपमा देखिएको छ । पहिलो संविधान सभा निर्वाचनमा माओवादीकी पम्फा भुसालले जितेको यो क्षेत्रमा पछिल्लो अर्थात् दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका मदन अमात्य विजयी भएका थिए । अमात्यले जित हात पार्दै गर्दा भुसाल दोश्रो संविधान सभा निर्वाचन बहिस्कारको मुद्दा बोकेर हिँडेकी थिइन् । पहिलो संविधान सभा निर्वाचनमै ललितपुर दुई नम्बर क्षेत्रमा जित हात पारेका राजकाजी महर्जन पनि दोस्रो संविधान सभा निर्वाचन बहिस्कारको पक्षमा थिए । पम्फा र राजकाजी माओवादीमै फिर्ता भएपछिको ललितपुरको राजनीति फेरिएको छ ।

२०४६ पछि कांग्रेसका योग प्रसाद उपाध्याय, बासु रिसाल र ओमकार श्रेष्ठ जस्ता प्रभावशाली नेताले राजनीति गर्ने ललितपुरमा एक से एक वामपन्थी नेता पनि नभएका होइनन् । एमाले कम्युनिस्ट राजनीतिको मूलधार भइरहेको समयमा यो नै एउटा यस्तो क्षेत्र थियो, जहाँ अर्को कम्युनिस्ट शक्ति (एकता केन्द्र) को चुनावी स्वरूप ‘संयुक्त जनमोर्चा’को प्रभाव थियो । प्रखर वक्ताका रुपमा चिनिएका लीलामणि पोखरेलको कार्यथलोको विगतको पहिचान फेरिएको छ । थुप्रै निर्वाचनमा थुप्रै नसोचिएका परिणाम यहाँ देखिए । त्यस समयमा जनमोर्चाको प्रभाव क्षेत्र रहेका हरिसिद्धी, ठेचो र ठैबको अवस्था धेरै फेरिइसकेको छ । यसका बाबजुद माओवादी प्रवक्ता भुसालको रोजाइ यही क्षेत्र बनेको छ । पछिल्ला दुई निर्वाचनमा जित हात पारेका भुसाल र अमात्य नै अहिले यहँ उम्मेदवार रहेका छन् । मंसिर २१ गते हुन गइरहेको निर्वाचनमा पम्फा या मदनमध्ये कसको पल्ला भारी रहने हो ?

यसै सम्बन्धमा प्रस्तुत छ,यो रिपोर्ट–

Logo