प्रधानमन्त्रीलाई लक्षित गर्दै पुलमा बम

प्रधानमन्त्रीलाई लक्षित गर्दै पुलमा बम


केन्द्रविन्दु संवाददाता
काठमाडौँ , मंसिर १८
प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै अज्ञात समुहले राखेको बम सेनाले निष्क्रिय पारेको छ । प्रधानमन्त्री बसेको होटेल डिभोटी नजिकै राखिएको बम सेनाले सोमबार बिहान निष्क्रिय पारेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विनोद घिमीरेले सुरक्षाको लागि परिचालित गरिएको तालिम प्राप्त कुकुरको माध्यमबाट वम राखेको स्थान पत्ता लागेको बताए ।

प्रधानमन्त्री देउवा बसेको होटेल डिभोटी भन्दा करिब ४ सय मिटरको दुरीमा रहेको सुकटी नाला पुलमा उक्त बम राखिएको थियो । बम सामान्य भएपनि सुरक्षा संवेदनशीलतालाइ ध्यानमा राखी प्रहरीले सर्च गर्दा उक्त बम फेला परेको एसपी घिमीरेले बताए । घटना पछि प्रहरीले सुरक्षा सर्तकता निकै बढाएको छ । धनगढी आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरी प्रमुख (एसपी) घिमीरेले बताए ।

Logo