दमननाथ ढुंगाना र महेस बस्नेतको आ–आफ्नै दावी (भिडियो सहित)

दमननाथ ढुंगाना र महेस बस्नेतको आ–आफ्नै दावी (भिडियो सहित)


केन्द्रविन्दु सम्वाददाता
काठमाडौं, १७ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेवार दमननाथ ढुंगाना र बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले आ–आफ्नै जित हुने दावी गर्नु भएको छ ।

कांग्रेसका तर्फबाट उम्मेदवारी दिनु भएका पूर्व सभामुख ढुंगाना र एमालेका तर्फबाट उम्मेदवारी दिनु भएका पूर्व मन्त्री बस्नेतले भक्तपुरको समग्र विकासका लागि आफूले जित्नैपर्ने तर्क समेत गर्नु भएको छ । पूर्व सभामुख ढुंगानाले भक्तपुरमा स्थानीय नभई केन्द्रिय नेता चाहिएकाले आफूले उम्मेदवारी दिएको दावी गर्नु भयो । उहााले बाम गठबन्धन आफ्नो लागि चुनौति नभएको पनि बताउनु भयो । ढुंगानाले बाम दलहरुबीच एकता हुने भनिएपनि त्यो सम्भव हुने नदेखिएको टिप्पणी पनि गर्नु भयो ।

यता, बाम गठबन्धनका उम्मेदवार बस्नेतले जनताको सुखदुखको साथी आफू र आफ्नो पार्टी भएकाले जीत सुनिश्चित रहेको दावी गर्नु भयो । उहााले कांग्रेस र नेपाल मजदुर किसान पार्टीले भूकम्पको बेला समेत जनताको आवश्यक्ता पूरा गर्न चासो नदिएको आरोप पनि लगाउनु भयो ।

बस्नेतले स्थानीय विकास निर्माणको कामलाई आफूले मुख्य प्राथमिकता दिएकाले पनि जनताले आफूलाई मत दिने विश्वास पनि व्यक्त गर्नु भयो ।

ढुंगाना र बस्नेत विचको दावी भिडियोमा हेर्नुहोला

Logo