पर्सा, १७, मंसिर
शान्तिपूर्ण, निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । "/>

निर्वाचन सम्पन्न नभए सम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक

निर्वाचन सम्पन्न नभए सम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक


पर्सा, १७, मंसिर
शान्तिपूर्ण, निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचन सम्पन्न नभए सम्मका लागि जिल्लामा मदिरा बिक्री, वितरण, ढुवानी तथा सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए ।

उनले निर्वाचनको क्रममा मदिरा सेवन गरेकाबाट होहल्ला र शान्ति भंग हुनाका साथै मदिरा खुवाएर मतदातालाई प्रभावित पार्ने भएकाले निर्वाचन सम्पन्न नभए सम्मका लागि बिक्री वितरण तथा सेवनमा रोक लगाएको बताए । स्थानीय प्रशासनको निर्देशनलाई अवहेलना गर्दै मदिरा बिक्री वितरण तथा सेवन गरेको पाइए कानून बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
रासस

Logo