रामविर मानन्धरको घोषणा- ‘भष्ट्राचार गर्नुपरे राजनितिबाटै सन्यास लिन्छु’

रामविर मानन्धरको घोषणा- ‘भष्ट्राचार गर्नुपरे राजनितिबाटै सन्यास लिन्छु’


केन्द्रबिन्दु सम्बाददाता

काठमाडौँ, १६ मङ्सिर । सम्यूक्त वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ का प्रतिनिधि सभाका उमेद्वार एमाले नेता रामविर मानन्धरले वाम सरकारले मात्रै देशको सम्बृद्धि र विकास गर्नसक्ने बताएका छन् । कम्यूनिष्ट एकता आजको ऐतिहाँसिक आवस्यकता रहेको भन्दै उनले निर्वाचनपछि बहुमतको वाम सरकार बन्ने र त्यो सरकारले नै देशको सम्बृद्धिको बाटो खोल्ने बताएका हुन् ।

देशको स्थिर र तिव्र विकासको लागि वाम सरकारको विकल्प नरहेको भन्दै उनले वाम सरकारले गर्न नसकेको विकास अरु कसैले गर्न नसक्ने र वाम सरकारले पनि अवको पाँच बर्ष भित्र सम्बृद्ध नेपालको निर्माण गर्न नसके आफूले सदाका लागि राजनिति नै छोडिदिने समेत घोषणा गरेका छन् । निर्वाचनको मिति नजिकीदै गर्दा घरदैलो र विभिन्न मतदाता भेटघाटको कार्यक्रमलाई तिव्रता दिएका उनले घरदैलोको क्रममा मतदाताहरुलाई तिव्र विकास र सम्बृद्धिका लागि ढुक्क भएर वाम गठबन्धनका उमेद्वारहरुलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

भष्ट्राचार गर्नुपरे राजनितिबाटै सन्यास लिने घोषणा गरिसकेका मानन्धरको वाम सरकारले सम्बृद्धि ल्याउन नसके सदाका लागि राजनिति छोडिदिने घोषणाले क्षेत्र नम्बर ७ मा नयाँ तरङग सृजना गरेको छ । राप्रपाका विक्रम थापासंग प्रतिशपर्धामा रहेका उनले यस अघि सांसद हुँदा गरेका सम्पूर्ण कामको विवरण समेत स्वेत पत्र मार्फत प्रकाशित गरेर जनताको घरघरमा पुर्याएका छन् ।

घरदैलोको क्रममा मतदाताले खासगरी खानेपानि र अन्य केही भौतिक पुर्वाधार विकासका लागि पहल गर्न उनीसंग आग्रह गरिरहेका छन् । अग्रजको आर्शिवाद र शुभेक्षुकको शुभेक्षा ग्रहण गर्दै घरदैलो गरिरहेका मानन्धरले स्थानिय सरकार, र उपल्लो तहसंग समन्वय गरि विकासको गतिलाई अगाढी बढाउने सोचमा आफू रहेको र खासगरि फूटपाथ सहितको वालवालिका एवम् बृद्ध बृद्धा सहज तरिकाले हिड्न सक्ने सडकको परिकल्पनामा आफू रहेको साथै उद्योग तथा पर्यटन विकासका लागि समेत गुरु योजना बनाएर अगाढी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षा, स्वस्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा महत्वकाँक्षी योजना बनाएर निर्वाचनमा होमिएका उनले नेपाली काँग्रेसका समेत निष्ठावान कार्यकर्ताले मत दिएर आफूलाई सान्दार विजयी गराउने दावि गरे ।

वाम गठबन्धनको लहर देखेर आत्तिएकाहरुले आफू विरुद्ध केही कुप्रचारको प्रयास गरेपनि उनीहरुको त्यो प्रयास केवल पानीको फोका जस्तै भएको भन्दै उनले निर्वाचित भएपछि आफू निरन्तर जनताको सम्पर्कमा रहेर उनिहरुको समस्या र गुनासो सम्बोधनका लागि निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Logo