काठमाडौं,१६,मंशिर
मुलुकको कुल जनसंख्यामा चौथो हिस्सा ओगटेको थारू समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय २ उम्मेदवार भिड्दैछन् । "/>

थारू समुदायबाट प्रत्यक्षमा २०२ उम्मेदवार चुनावी मैदानमा

थारू समुदायबाट प्रत्यक्षमा २०२ उम्मेदवार चुनावी मैदानमा


काठमाडौं,१६,मंशिर
मुलुकको कुल जनसंख्यामा चौथो हिस्सा ओगटेको थारू समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय २ उम्मेदवार भिड्दैछन् । ती मध्ये प्रतिनिधिसभामा ६७ जना र प्रदेशसभामा १ सय ३५ जना थारू उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १४ जना र प्रदेशसभामा २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । थारू समुदायबाट प्रदेशसभामा उम्मेदवार बनेका कतिपयले मुख्यमन्त्रीको आकांक्षा समेत देखाएका छन्।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा ७ जना र प्रदेशसभामा १९ जना थारू उम्मेदवार उठाएको छ भने नेकपा एमालेले प्रदेशमा ६ र प्रदेशसभामा ९ जना थारू उम्मेदवार उठाएको छ । तराई केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा ११ जना तथा संघीय समाजवादीले प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १० जना थारू उम्मेदवार उठाएको छ । अन्य दलबाट प्रतिनिधिसभामा २४ र प्रदेशसभामा ५३ जना थारूले उम्मेदवारी दिएका छन्। यस्तै विभिन्न दलले बुझाएको समानुपातिक सूचीमा ४ सय ४ जना थारू उम्मेदवार समेटिएका छन् । यो पूर्ण सूचीको ६.९ प्रतिशत हो । यसमा १ सय ५५ जना पुरुष र २ सय ४९ जना महिला छन्।
नागरिकबाट

Logo