काठमाडौं,१६,मंशिर

नेकपा माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनबाट गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ बिरामी भएका छन् । "/>

चुनावी दौडले नारायणकाजी एका एक विरामी !

चुनावी दौडले नारायणकाजी एका एक विरामी !


काठमाडौं,१६,मंशिर

नेकपा माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनबाट गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ बिरामी भएका छन् । चुनावी दौडधूपले बिरामी भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले पुष्टि गरे। ‘गत ७ गते देखि नै बिरामी हुनुहुन्थ्यो’ श्रेष्ठले भने ‘चुनावी दौडधूपले गलायो । निद्रा पनि पुगेको थिएन । ज्वोरो आएको थियो । ब्लड पनि कमी भएको भनेर डाक्टरहरुले भन्नुभएको छ । अहिले रिकभर हुँदै छ।’ श्रेष्ठका अनुसार नारायणकाजी ललितपुर स्थित किस्ट अस्पतालमा मंशिर १३ गते देखि भर्ना गरी उपचाररत छन् । गोरखा क्षेत्र नं. २ मा श्रेष्ठसँगै नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । चुनाव अगावै देखि गोरखा पुगेका श्रेष्ठ १० म‌ंसिरमा मतदान गरेर ११ मंसिरमा राजधानी फर्केका थिए।
नेपाल समाचारपत्रबाट

Logo