काठमाडौं,१६,मंशिर

निर्वाचन आयोगले आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका तस्बिर, अडियो र भिडियो अनुचित रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ । "/>

निर्वाचनमा सहिदको तस्बिर प्रयोग नगर्न आयोगको निर्देशन

निर्वाचनमा सहिदको तस्बिर प्रयोग नगर्न आयोगको निर्देशन


काठमाडौं,१६,मंशिर

निर्वाचन आयोगले आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका तस्बिर, अडियो र भिडियो अनुचित रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ । सहिदलाई प्रयोग गरेर मत माग्ने कार्य भइरहेको तर्फ ध्यानाकर्षण भएको जनाउँदै आयोगले त्यस्तो कार्य नगर्न र नगराउन निर्देशन दिएको हो । ‘विशेष गरी प्रदेश नम्बर २ सहितको जिल्लामा विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृश्य, तस्बिर, अडियो, भिडियो तथा सहिदका तस्बिर सामाजिक सञ्चारमाध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, यु ट्युब, ब्लग, अनलाइन समाचार मार्फत राखेको पाइएको छ,’ आयोगले भनेको छ, ‘त्यस्ता सामग्री निर्वाचन आचारसंहिता विपरीत भएका र त्यस्ता सामग्रीबाट आदरणीय सहिदहरुको सम्मानमा समेत आघात पुग्ने भएकाले निर्वाचन आचारसंहिता विपरीत त्यस्ता सामग्री तत्काल हटाउन आयोगले सम्बद्ध सबै प्रयोगकर्तालाई निर्देशन दिएको छ ।’

उक्त निर्देशन कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अनुगमनकर्तालाई निर्देशन दिएको पनि आयोगले जनाएको छ । ‘निर्वाचन आयोग राजनीतिक दल तथा उम्मेदवार बीचमा स्वस्थ प्रतिस्पर्धा, मैत्रीपूर्ण प्रचार होस् भन्ने चाहन्छ’, आयोगले भनेको छ ।
नागरिकबाट

Logo