पाकिस्तानमा चरमपन्थी हमला, ११ को हत्या

पाकिस्तानमा चरमपन्थी हमला, ११ को हत्या


केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, १५ मङ्सिर । पाकिस्तानको पेशावरस्थित एग्रीकल्चर प्रशिक्षण इन्स्टिच्युटमा बन्धुकधारी चरमपन्थीहरुले हमला गर्दा ११ जनाको ज्यान गएको छ । हमलामा ९ जना घाईते भएका छन् ।

घटनापछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानियलाई उद्धृतगर्दै पाकिस्तानी संचारमाध्यमहरुले इन्स्टिच्युटमा विदा भएका कारण घटनामा मारिनेको संख्या कम भएको उल्लेख गरेका छन् ।

पेशावर शहरका प्रहरी प्रमुख ताहिर खानले रोयटर्सलाई दिएको जानकारी अनुसार प्रहरी र कमाण्डोले क्याम्पसलाई पुरै नियन्त्रणमा लिइसकेका छन् । सन् २०१४ मा पेशावरको आर्मी पब्लिक स्कूलमा भएको हमला १३२ जना बालबालिकाहरु मारिएका थिए भने सन् २०१६ मा बच्चा खान विश्वविद्यालयका २१ विद्यार्थी र कर्मचारी मारिएका थिए । शुक्रबार बिहानै भएको हमलाको जिम्मेवारी अझैसम्म कसैले लिई नसकेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

Logo